काठमाडौँ, १६ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले
आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । रासस
प्रतिक्रिया