बारामा तीन अर्ब ३४ करोडको अगहनी धान उत्पादन

बारामा तीन अर्ब ३४ करोडको अगहनी धान उत्पादन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारामा यस वर्ष रु तीन अर्ब ३३ करोड ९६ लाख ७५० बराबरको एक लाख ४५ हजार २०१ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ ।

कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरी धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

उत्पादन गरिएको धान कलैया बजारमाप्रति क्वीन्टल रु दुई हजार २०० देखि रु तीन हजार ३०० सम्ममा बिक्री भइरहेको प्रमुख यादवले बताउनुभयो । गत वर्ष कृषकले विभिन्न जातको अगहनी धान ३४ हजार १६३ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा धानबालीमा फौजी कीराको प्रकोपले उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञानकेन्द्रले जनाएको छ ।