सरकार विकास र समृद्धिमा केन्द्रित हुन्छ : मन्त्री साह

सरकार विकास र समृद्धिमा केन्द्रित हुन्छ : मन्त्री साह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शहरी विकासमन्त्री प्रभु साहले सरकार जनताका आर्थिक विकास तथा समृद्धिमा केन्द्रित हुने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित सङ्घीय सरकारअन्तर्गत आयोजनाको कार्यान्वयनमा देखिएका समस्याको समाधान विषयक वृहत छलफलमा मन्त्री साहले कुनै पनि पूर्वाधारमा लगानी गर्दा जनताको आर्थिक उपार्जनमा मद्दत पुग्ने गर्न प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “संंविधानले परिकल्पना गरेअनुसारको संरचनाको पूर्वाधारको निर्माणका लागि सङ्घीय सरकार दृढ छ । पहिलो प्राथमिकतामा प्रदेश राजधानीको विकासमा तीव्रता दिन आवश्यक छ ।” उहाँले प्रदेश राजधानी जनकपुरधामको विकासका लागि सङ्घीय सरकार लगानी गर्न तयार रहेको बताउनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक शहरको रुपमा विकास गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दूधमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह गर्नुभयो ।

मन्त्री साहले आजै जनकपुरमा सडक तथा नाला निर्माण कार्यको निरीक्षण गर्नुभएको थियो । उहाँले सघन शहरी कार्यक्रमअन्तर्गत सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षणको निरीक्षण गर्नुभयो ।