प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, २० पुस । दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलिमा नै पुनःनिर्माण सम्पन्न भएको हो ।

विसं २०७५ मङ्सिरदेखि निर्माण शुरु गरिएको गुम्बा प्राचीन शैलीमा चुना सुर्किको प्रयोग गरी बुट्टेदार काठको प्रयोग गरी पुरानै शैलीमा निर्माण गरिएको छ । बौद्ध धर्मलम्बीको आस्थाका रुपमा पुजिने र पर्यटकीय रुपमा समेत आकर्षण रहेको ऐतिहासिक घरिघ्याङ गुम्बा भूकम्पले ढलेपश्चात पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण गरिएको हो ।

पुरातत्व विभागको करिब रु दुई करोड ७८ लाख रकममा सिएम तुलसी कष्ट्रक्सन जेभिले गुम्बाको पुनःनिर्माण गरेको हो । दुई वर्षभित्र गुम्बाको पुनःनिर्माण सम्पन्न गर्नेगरी सिएम तुलसी कष्ट्रक्सन जेभिले गुम्बा निर्माणको काम जिम्मा लिएको थियो । ऐतिहासिक गुम्बा बलियो बनाउनका लागि चुना सुकिको प्रयोग गरी सालको काठमा कलात्मक झ्याल ढोकाको प्रयोग गरी आकर्षक रुपमा निर्माण गरिएको छ ।

गुम्बामा साना तथा ठूला गरी करिब डेढदर्जन भन्दा बढी बुद्धको मूर्ति छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्वपूर्ण सामग्री टहरामा राखिएको थियो । टहरामा राखिएका मूर्ति चोरी हुने र चिसोका कारण बिग्रिने चिन्तामा रहेका स्थानीयवासी समयमा नै गुम्बाको पुनःनिर्माण भएपछि खुशी भएका छन् । गुम्बालाई विसं १६५८ मा तत्कालीन राजाले लालमोहर प्रदान गरेको र विसं १८१८ फागुन ९ गते पृथ्वीनारायण शाहले प्राचीन गुम्बाको सूचीमा सूचीकृत गर्न लगाएको इतिहास रहेको छ । रासस