प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : नेता भट्टराई

प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : नेता भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताउनुभएको छ । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उहाँले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ चलिरहेकोे छ, हामीलाई विश्वास छ अदालतले संसद् पुनःस्थापना गर्नेछ ।” नेता भट्टराईले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी रहेकाले सूर्य चुनाव चिह्न पनि यही पार्टीको हुने दावी गर्नुभयो ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले प्रधामन्त्रीले अन्तै बाटो लिएपछि आफ्नो पार्टी जनताको परिर्वतन र समृद्धिका लागि नयाँ सङ्कल्पसहित जनतामाझ आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सुशासन र समृद्धि भनेका थियौँ, स्थायित्वका साथ समाजवादको यात्रामा अघि बढेका थियौँ तर अहिले बाध्यताबस नयाँ बाटो हिँड्न बाध्य छौँ । जनताको सपना पूरा गर्न निरन्तर लागि रहन्छौँ ।” नेता पौडेलले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध र घेराबन्दी नभएको दाबी गर्नुभयो ।