धनगडीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको प्रचण्ड-नेपाल समूहलाई चुनौती – ‘चुनावमा १० सिट जितेर देखाउनुस’ (पुरा संबोधनसहित)

धनगडीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको प्रचण्ड-नेपाल समूहलाई चुनौती – ‘चुनावमा १० सिट जितेर देखाउनुस’ (पुरा संबोधनसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहलाई देशभरबाट दुई अंगको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उनीहरुलाई भगौडाकाे संज्ञा समेत दिएका छन् । उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘तपाईंहरूले पार्टी छोडेर हिँडेका केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीका बैठकमा नआएर, अन्त अन्त गएर सडकमा गएर हामी यहाँ छौं रे । गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनु छ,’ ओलीले भने ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ । धनगढीमा आज आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गर्नुभयो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भन्नु भयो, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।”
महाकालीबाट दश क्युसेक पानी छाड्ने सहमति

प्रधानमन्त्री ओलीले हड्पिएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्शा छापिँदा केहीबाट देशमा कोकोहोलो र असहज स्थिति सिर्जना गरिएको बताउँदै भन्नुभयो, “बाहिर बाहिर राष्ट्रवादी देखिन,े भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने हुन् । प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइको व्यवस्थापन गर्न महाकाली नदीबाट दश क्युसेक पानी छाड्ने सहमति भारतसँग केही दिनअघि भएको जानकारी दिँदै परराष्ट्रमन्त्रीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने गरी मूर्त रुपमा कुरा गर्न लागिएको बताउनुभयो ।

उहाँले चाँदनी दोधारामा सुख्खा बन्दरगाह, पञ्चेश्वर परियोजना, सेती लोकमार्ग र महाकाली करिडरको निर्माणको काम अघि बढाउन लागिएको, गेटा विमानस्थलको थप स्तरोन्नतिको पहल गरिएको र निर्माणाधीन गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालनको तयारी भइरहेको तथा दार्चुलाको छाङ्रुमा मोटरेबल बाटो पु¥याउने र बैतडीमा फोस्फरस खानीको विकास गरिने जानकारी पनि दिनुभयो ।

प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राजधानी बाहिर आयोजित पहिलो आमसभामा आज सहभागी हुँदै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् परियोजना स्वदेशकै वा अरु लगानी खोजेर भए पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा सुदूरपश्चिमका संयोजक एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पनि समसामयिक विषयमा बोल्नुभएको थियो ।

पुरा सम्बोधन हेर्नुहोस ।