दोलखामा फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे

दोलखामा फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।

बाख्रा मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा बाख्रामा पिपिआर (पेष्ट डे पेटी ¥युमिनाँ) फौलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्रामा ‘गोट प्लेग’ लागेको पुष्टि भएको उहाँले बताउनुभयो ।

पवटीको देउराली बस्तीमा १४ घरधुरी रहकामा १२६ बाख्रा रहेकामध्ये ९५ बाख्रामा पिपिआर रोग देखा परिसकेको वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालले बताउनुभयो । बिरामी रहेका अन्य बाख्रामा गाउँपालिकासँगको सहकार्यमा पिपिआरविरुद्धको उपचार भइरहेको वडा अध्यक्ष कोइरालाले बताउनुभयो ।

बाख्रामा देखिने पिपिआर रोग सरुवा रोग रहेकाले गाउँको एक बाख्रामा देखा पर्नासाथ रोग पहिचान गरी नियन्त्रण गर्न नसक्दा गाउँभरीका बाख्रामा देखा परेको हुनसक्ने अनुमान गरिएको छ । बाख्रामा पिपिआर देखा परिसकेपछि रोकथामका लागि औषधि उपचार गरे पनि बाँच्ने सम्भावना अत्यन्त कम हुने पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले बताउनुभयो ।

सो रोग लागेपछि बाख्रामा सिँगान बगाउने, जिउ फुल्ने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्ने र उच्च ज्वरो आएपश्चात् ज्वरो घट्ने र पखाला लागेपछि बाख्राको मृत्यु हुने उहाँले बताउनुभयो । रासस