राष्ट्रियसभाको अधिवेशनमा सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टममै थुकेका छन् । सम्वोधनका क्रममा उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट गर्नुभयो ।
“निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने स्थिति स्थायित्व र स्थिरताको होइन, अहिले चाहिँ हो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “ अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन ।” केही व्यक्तिले प्रधानमन्त्रीबाट राजीनामा दिएको भए हुने भन्ने सुझावलाई प्रधानमन्त्रीले भन्नुभयो, “कतिपयलाई केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने ? कसलाई छाड्ने ? यो प्रधानमन्त्रीको जिम्मेवारी हो । यो जनताले सुम्पिएको अभिभारा हो । जस्तोसुकै अवस्थामा जस्तासुकैलाई पनि सुम्पिन मिल्दैन ।”
उहाँले बहुमत कसैको आएन भने, दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सकेन भने, प्रधानमन्त्रीले एक महिनामा विश्वासको मत ल्याउन सकेन भने प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट निर्वाचनको नयाँ मिति तोक्ने सक्ने व्यवस्था भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “चुनाव हुनु अस्थिरता होइन, संविधानको सही तरिकाले कार्यान्वयन नहुनु अस्थिरता हो, संवैधानिक बाटोबाट जाँदा अस्थिरता हँुदैन ।”
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई न्याय प्रदान गर्न बाधा पु¥याउने उद्देश्यले हुने काम रोक्नुपर्नेमा जोड दिनुभयो । “पूर्वन्यायाधीशहरुले कस्तो न्याय दिनुभयो होला, स्वतन्त्र न्यायलयमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर दवाव दिनुभएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो,“ उहाँहरुले राजनीतिक पक्षधरता लिएर काम गर्नुभएको छ, आफ्नौ हैसियतको दुरुपयोग गरेर न्यायालयलाई दुरुपयोग गर्नुभएको छ, न्यायालयलाई दबाबमा पार्नु हुँदैन ।” उहाँले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अदालतको स्वतन्त्रता र शक्तिपृथकीकरणको सिद्धान्तलाई मानेर अघि बढेको पनि स्पष्ट पार्नुभयो ।
देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कर्तव्यबोध र जिम्मेवारीका साथ निर्वाचनमा जान सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध तथा दुई छिमेकीबीचको सम्बन्ध सुमधुर भएको पनि बताउनुभयो ।
भिडियो हेर्नुहोस ।
माघीमा बिदा
वर्तमान सरकार कोभिड– १९ का बेलामा दूरी कायम गरी चेतना जगाएर अघि बढेको र छिट्टै खोप ल्याएर समस्या समाधान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । “सरकारलाई सबैभन्दा ठूलो महत्व नेपाली जनताको ज्यान हो, जनताको जीवन रक्षा गर्न सरकार सदा तयार छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “एकैदिन हामीले ३९६ अस्पतालको शिलान्यास गर्ने तयारी गरेका थियौँ, ३०९ स्थानमा अस्पतालको शिलान्यास भयो, अरु पछि भयो, यस्तो कुनै वर्ष भएको थियो ? कुनै सरकारले गरेको थियो ?”
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले जाति, जनजाति र भाषाभाषीलाई सम्मान गरेको स्मरण गराउँदै भन्नुभयो, “आज मात्रै मन्त्रिपरिषद्को बैठकले माघेसङ्क्रान्ति (माघी)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ, यो थारू जाातिका लागि मात्र होइन, सबै नेपालीका लागि हो ।”
तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ– प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गर्नुुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले राख्नुुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफूूमा बहुुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न आग्रह गर्नुुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुुभयो, ‘‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एउटै पार्टीको बहुुमतको सरकार भएकाले संविधानको धारा ७६ को उपधारा १ अनुुरुप नै मेरो नेतृत्वमा सरकार गठन भएको हो, त्यसमा कसैलाई अलमल नहोस् ।’’
सरकारकोे सिफारिसमा कार्यसम्पादन गर्ने गरी सक्रिय नभई आलङ्कारिक राष्ट्रपतिको संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भन्नुुभयो, ‘‘राष्ट्रपतिको गरिमाप्रति पुरातन सोच भएका र मुुलुकलाई पछाडि फर्काउन चाहने तत्वले सङ्कीर्ण दलीय स्वार्थबाट प्रेरित भई हिलो छयाप्न खोजेका छन् ।’’
प्रधानमन्त्री ओलीसँग सदस्यहरु जीतेन्द्रनारायण देव, प्रमिला कुुमारी, रमेशजङ्ग रायमाझी, प्रकाश पन्थ र अनिता देवकोटाले राष्ट्रियसभाको आजदेखि गरिन लागेको अधिवेशन अन्त्य, प्रतिनिधिसभा विघटन र निर्वाचनमा जाने कदमप्रति असहमति जनाउँदै के कति कारणबाट यस्ता निर्णय गरियो भनी प्रश्न राख्नुुभएको थियो ।
प्रतिक्रिया