खोरमा १० बर्ष देखि खोरमा थुनेर राखिएका मानिसको उद्दार (भिडियो)

खोरमा १० बर्ष देखि खोरमा थुनेर राखिएका मानिसको उद्दार (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सबैलाई यो कुरा झुट लाग्न सक्छ। पोखरा जस्तो ठुलो शहरमा यस्तो होला र भन्ने लाग्न सक्छ तर यो सत्य नै रहेको छ। पोखरा महानगरपालिका वार्ड नम्बर १६ मा आज १० बर्ष देखि खोरमा राखिएका पुरुषको मानव सेवा आश्रम छोरेपाटन शाखाले उद्दार गरेको छ।

पोखरामा बिगत लामो समय देखि सडकमा खुल्ला आकाशमा आफ्नो जीवन बिताउदै आएका मानिसहरुको उद्दार गरिसकेको यस संस्थाले आज फेरी एउटा मानिसलाई जीवन रुपान्तरंको लागि पहल सुरु गरेको छ।

पोखराको वडा नो १६ मा बस्दै आएका अविशेक लाई बिगत १० वर्षा देखि खोरमा राख्दै आईएको थियो। छोराको मानसिक सन्तुलन अल्लि कम भएको र जति औसधि खुवाउदा पनि ठिक नभेपछि स्थानीए टोल बिकास र आमापाटिको सहयोगमा खोर निर्माद गरिएको थियो। आर्थिक अवस्था कम्जोर भएकाले पनि उनलाई खोरमा राखेर आफुहरु काम मा जान पर्ने बाध्यता रहेको अभिशेक्की आमाले बताएकी छन्।

आफ्नो छोरालाई एकदम माया मान्दै आएका अविशेकका बुवा , आमा र दिदि लगाएतले आज उनलाई नया जीवन पाउने आशाका साथ् आखा भारी आशु बगाउदै अभिषेकलाई मानव सेवा आश्रमको जिम्मा लगाएका छन।

मानव सेवा आश्रम छोरेपाटन शाखाका सक्रिय सदस्य गोकर्ण अधिकारीले बिगत लामो समय देखि एकजना मानिसलाई दिनभरी खोर मा राखिने र रात परेपछि घरमा लैजाने गरिएको जानकारी गराएका थिए। जानकारी पाउन साथ् मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटा , उद्धारटोलीका संयोजक मेघ नाथ श्रेष्ठ लगाएतको टोली उद्दारको लागि खटिएको थियो।

प्रहरी कार्यलय बगर, वार्ड प्रतिनिधि , पत्रकार र स्थानी बासिन्धाको संयुक्त पहलमा उनलाई उद्दार गरिएको हो।