पैसा सकीसक्यो तर कन्चनको होस आको छैन अब कहाबाट खर्च जुटाउ भन्दै रुदै आइन हजुरआमा (भिडियो)

पैसा सकीसक्यो तर कन्चनको होस आको छैन अब कहाबाट खर्च जुटाउ भन्दै रुदै आइन हजुरआमा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले विष पिएर आ’त्मह’त्या गर्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी छन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर जवर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आरोप लगाएका छन । कन्चनले जवर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। उनको अझै सम्म होस् नआएको पारिवारिक स्रोतले जनाएको छ । यसै बीच कन्चन र अनिशाबीच भएको फेसबुक म्यासेजको कुराकानी सार्बजनिक भएको छ ।

यसै बीच कन्चनले आ’त्मह’त्या गर्नु अगाडी कन्चनको नामा लेखेको भावुक पत्र सार्बजनिक भएको छ । उक्त पत्र कन्चन कै परिवारले सार्बजनिक गरेका हुन् ।

कन्चनको उपचारको क्रममा अहिले सम्म २ लाख ३० हजार बढी खर्च भैसकेको र अब अझै धेरै खर्च हुने भन्दै उनका हजुरआमा रुदै मिडियामा आएकी छन । ‘अहिले सम्म २ लाख ३० हजार खर्च भैसक्यो, अब फेरी अर्को बिल आउन लागि सक्यो, पैसा कताबाट ल्याउने’ – उनि भन्छिन ।

कन्चनको हजुरआमासंग गरिएको कुरा हेर्न यहा जानुहोस ।