छात्रालाई होटेलमा लगेर परिक्षा दिन लगाउने शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु सडकमा (भिडियो)

छात्रालाई होटेलमा लगेर परिक्षा दिन लगाउने शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु सडकमा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्कीको पोखरा महानगरपालिका वडा नं १ टुडिखेलमा रहेको राष्ट्रिय माध्यमिक बिधालयका विद्यार्थी तथा भुपु विद्यार्थीहरुको संयुक्त समुहले सोमबार बिद्यालयका प्रधानद्यापक सुर्य तिवारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

मंसिर ११ गते यस बिद्यालयमा भएको अग्रेजी शिक्षा तर्फको शैक्षणिक विधि बिषय को आंसिक परिक्षामा छात्रा विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारी परीक्षा केन्द्र भन्दा बाहिर पोखरा महानगरपालिका वडा न ३२ मा पर्ने खोलाको छेउ को होटेलमा लगेर परीक्षा दिन लगाएका थिए ।

परीक्षा दिने क्रममा शिक्षकले म’दिरा से’वन गरि अनैतिक कृयाकलाप गरेको पुष्टि हुन आएको थियो साथै दोशी शिक्षकले विभिन्न मिडियामा गल्ती सहर्ष स्विकारेको अवस्थामा पनि कार्बाहीको लागि पहल नगरेको भन्दै विद्यार्थीहरुले पहिलो चरणको आ’न्दोलनमा उत्रिएका हुन।

शिक्षा जस्तो क्षेत्रमा यति सम्मको चरम ला’परबाही हुदा पनि सम्बन्धित निकाय मौन रहेको र यसले स्वयं सम्बन्धित निकाय तर्फ पनि संलग्नको शंकाको प्रश्न चिन्ह फर्केको छ भन्दै भुपु विद्यार्थी शिव बुढाघरेले सम्पुर्ण यस बिद्यालयका विद्यार्थी तथा भुतपुर्व विद्यार्थीको तर्फ बाट गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए।

कार्यक्रमका संयोजक पोखरेलले घटनाको सत्यतथ्य छानबिन नगरी आलटाल गरेमा थप चरणबद्ध आन्दोलन गरिने समेत चे’तावनी दिएका छन।

कार्यक्रममा विद्यार्थी बुद्धि अधिकारीले यस घटनाका कारण सम्पुर्ण बिद्यालय परिवारलाई असुरक्षित अनुभुती भएको र आगामी दिनमा अभिभावकलाई पनि आफ्ना सन्तानलाई बिद्यालय प्रबेश गर्दै गर्दा एकपटक सोच्न बाध्य पारेको समेत दुख ब्यक्त गर्नु भयो।

प्रअ तिवारी ले घटना छानबिनमा प्रक्रियामा रहेकाले मौन रहन बाध्य भएको र सत्यतथ्य छनबिनको लागि प्रशासन जहिलेपनि तयार रहेको जानकारी दिनु भयो। संस्था सदैव न्यायका पक्षमा उभिरहेकाले विद्यार्थीको पनि साथ समर्थन रहनु पर्ने र ढिलो चाडो न्यायोचित निर्णय हुने समेत प्रअ तिवारी ले बताउनु भयो।

भुपु विद्यार्थी केदार खनाल,विद्यार्थीहरु अनिज दुरा,रोशन आचार्य,सन्जु भाइ,सुशील लामिछाने,सन्तोष कुवर लगायत उपस्थित रहेको उक्त कार्यक्रममा “विद्यार्थी हिं’सा अन्त्य गर”,”शैक्षिक माफिया होसियार”, न्याय मार्न पाइदैन”,”प्रशासनको चमत्कार,विद्यार्थी माथी अ’त्याचार” लगायतको पम्प्लेट प्रदर्शन गरिएको थियो।

कक्षा १२ को परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका विद्यार्थी सरोज पोखरेलको नेतृत्वमा रहेको उक्त कार्यक्रमको भुपु विद्यार्थी शिव बुढाघरेले सहजीकरण गरेका थिए।