पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को रौनक र उमङ्ग उनीहरुको घर आँगन तथा गाउँबस्तीमा छाएको छ । आप्mनो वर्षभरीको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिंगारेका नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई मूलतः बुधबारदेखि माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।
विधिवत् रुपमा पुस २९ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा रमाइलो गर्ने मात्र नभई थारु परिवारले गाउँघरको सरसफाइ गर्ने, दुःख परेकाको सारथी बन्ने र आपसमा भाइचारा तथा सहयोगी जातिको भूमिका पनि प्रस्तुत गर्दछन् ।
यो पर्वका अवसरमा थारु समुदायको छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माणका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत हुने गर्दछन् । पर्वमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउनुहुन्छ । उहाँका अनुसार माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ । त्यसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् ।
माघीका दिन आज बिहान अँध्यारो छँदै उठेर नदी, जलासयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का (पैसा) लुटाउने प्रचलन रहेको छ । माघीका अवसरमा तिलको आगो तापिन्छ । तिलको आगो ताप्नाले वर्षभरी अञ्जानबस गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ ।
पर्वका अवसरमा थारु समुदायले आआप्mनो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् । पर्वका अवसरमा आज बर्दियाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेलासमेत लागेको छ ।
प्रतिक्रिया