हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ ।
जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागेको हुम्ला फुटबल एकेडमीका सचिव बुद्धि बहादुर रोकायाले जानकारी दिनुभयो ।
जिल्लाका आठ देखि २५ वर्ष उमेर समूहका व्यक्तिलाई सशुल्क रुपमा फुटबल प्रशिक्षण शुरु गर्न लागिएको सचिव रोकायाले जानकारी दिनुभयो । खेलका लागि टिम दर्ता गराएका महिला तथा पुरुषलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने, राम्रो खेलाडीलाई विभिन्न राष्ट्रियस्तरका क्लबमा आबद्ध गर्न पहल गरिने र विभिन्न ठाउँमा हुने प्रतियोगितामा आफ्नो जिल्लाको प्रतिनिधित्व गराउने लक्ष्यका साथ प्रशिक्षण शुरु गर्न लागिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया