पिडित बालिका सहयोग रकम लिन पुजा कै घर पुग्दा पुजा फरार, फोनमा समेत अर्कै मान्छे बोलेपछि (भिडियो)

पिडित बालिका सहयोग रकम लिन पुजा कै घर पुग्दा पुजा फरार, फोनमा समेत अर्कै मान्छे बोलेपछि (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चर्चित कार्यक्रम इन्द्रेणी मार्फत बालिका अर्चना पराजुलीले पाएको २० हजार रुपैया सहयोग रकम चर्चित अभियान्ता पुजा विश्वकर्माले लगेर फिर्ता नगरेको भन्दै मिडियाम आएपछि सबै अचम्ममा परेका छन् ।

पुजा विश्वकर्मा तिनै युवती हुन् जो चर्चित सामाजिक अभियन्ता तथा वेवारिसे लास व्यवस्थापन गर्ने विनयजंग बस्नेतसंग विवाह गर्दै छिन । पुजा पनि बिनयजंगकै सहकर्मी हुन् । उनीहरुले केहि दिन अगाडी मात्र प्रेसमिट गरेरै आफुहरुको विवाह हुन लागेको भनेर सार्बजनिक गरेका हुन् ।

उनै सामाजिक अभियान्ता पुजा विश्वकर्माले कुनै पिडितको सहयोग रकम हिनामिना गरेको खबर आएपछि धेरैलाई दुखि बनाएको छ । पूजाले अरुको सहयोग रकम हिनामिना गरेकै हो भने उठाई दिने भन्दै सहकर्मी शर्मिला वाइबा पिडित बालिकाको घर पुगेकी छन । शर्मिला वाइबा पनि बिनयजंग बस्नेतसंगै वेवारिसे लास व्यवस्थापन गर्दै आएकी अभियान्ता हुन् ।

पिडित बालिकालाई लिएर पुजा कै घर पुग्दा उनि घरबाट गायव भएकी छन । उनको फोनमा सम्पर्क गर्दा अन्य व्यक्ति बोलेर अनेक बहाना गरेको सुनेपछि पिडित बालिका निराश बनेर घर फर्की छन।

भिडियो हेर्न यहाँ जानुहोस ।