यिनै हुन् मुख्यमन्त्री शेरधन राईका हुनेवाला बेहुली, यस्तो छ उमेर अन्तर (फोटो फिचर)

यिनै हुन् मुख्यमन्त्री शेरधन राईका हुनेवाला बेहुली, यस्तो छ उमेर अन्तर (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने पक्का भएको छ । उनले आगामी माघ ११ गते आइतबारका दिन सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाधिने भएका हुन्।

मुख्यमन्त्री राईले विवाह गर्ने पुष्टि उनकै सचिवालयले गरेको हो । ५० वर्षीय मुख्यमन्त्री राईले विवाहको तयारी तथा बेहुलीको बारेमा थप खुलाउन चाहेनन्। उमेरमा निकै ठूलो अन्तर रहेकी ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको खुलेको छ। ज्याङ्मुको उमेर स्पष्ट नखुले पनि स्रोतका अनुसार उनीहरुको उमेर अन्तर लगभग २०-२२ रहेको छ ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।

नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा परेका राईबिरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

ज्याङ्मुले उदघोस लगायत विभिन्न गितमा मोडलिङ समेत गरिसकेकी छन । उनले अभिनय गरेको म्युजिक भिडियो हेर्न यहाँ जानुहोस ।

तस्विर स्रोत : ज्याङ्मु शेर्पाको फेसबुकबाट