पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा

पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ४ माघ । नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेलाई तोकिएको आज बसेको शाखाको बैठकले निर्णय गरेको छ । शनिबार पत्रकार महासङ्घको टोली हेलम्बु पुगेको हो । रासस