नारकीय जीवन बिताउँदै माओवादीका पूर्वलडाकु निर्मला विक ‘साधना’, दिसापिसाब समेत बसेकै ठाउँमा…

नारकीय जीवन बिताउँदै माओवादीका पूर्वलडाकु निर्मला विक ‘साधना’, दिसापिसाब समेत बसेकै ठाउँमा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्व’न्द्वमा घरपरिवार त्यागेर पूर्वल’डाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएकी छन ।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्। ‘आमा सधैं भुइँमा नां’गै सुत्नुहुन्छ। सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’

माओवादी ल’डाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। पछि थलिइन्। अहिले मृत्युसँग ल’ड्दैछिन्। निर्मला उपचार खर्चको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छन्। ‘छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दिसापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि ज’लेका थिए। ‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आगोमा परेछन्। सबै ज’लेको। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘ज’लेर कु’हिएको खुट्टा ग’नाएर घरमै बस्न नसकिने। अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भोग्नुपरेको पीडाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि ल’डेकी, आज म’र्नका लागि लड्दैछे।’

दिसापिसाब तर्काउन नसकेपछि अनि ज’लेको खुट्टा ग’नाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको हो। ‘सुरुमा इन्डिया लगेर उपचार गरेको, भएन। धामी, झाँक्री, जडीबुटी सबै गरेम्। सन्चो होला भनेको, उस्तै छ’,सासू क्वारीले भनिन्। छोराले माओवादीको सेना हुँदा बिहे गरेको क्वारीले सुनाइन्। ‘बिहे गरेको केही समयमै बुहारी बिरामी परी। आठ वर्षको नाति छ। बिचरोले आमाको दूध पनि खान पाएन। भैंसी र बाख्राको दूध खाएर हुर्केको हो। घर चल्न धौ भएपछि परार छोराले अर्को बिहे गर्‍यो। यो बुहारी दिनभर बाहिर बस्छे, राति बाख्राको कोठामा लग्छौं’, क्वारीले भनिन्।

पहिले र अहिलेकी निर्मला विक । तस्वीर : नागरिक दैनिक

निर्मलालाई वर्तमान उपराष्ट्रपति तथा तत्कालीन माओवादी सेनाका सैन्य कमान्डर नन्दबहादुर पुन पासाङले ल’डाकुसम्बन्धी तालिम दिएका थिए। निर्मलाको ब’न्दुकको बलमा विभिन्न ल’डाइँ ल’डेका अर्का कमान्डर रोल्पाकै वर्षमान पुन ऊर्जामन्त्री छन्। माओवादी ल’डाकुको पाँचौं डिभिजन दहवन रोल्पाका कार्यवाहक कमान्डर राजबहादुर बुढाजिल्ला समन्वय समिति प्रमुख छन। तर उनीहरु कसैको नजर मृत्युसँग संघर्ष गरिरहेकी निर्मलामाथि परेको छैन। निर्मलाको घर भएकै क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव जिते। २०७० मा माओवादी नेत्री ओनसरी घर्तीले चुनाव जितिन् र सभामुख बनिन्। यसपाला वर्षमानले चुनाव जिते। तर उनीहरुले पनि निर्मलालाई सम्झेका छैनन्। यो खबर आजको नागरिक दैनिकमा छ ।