विभिन्न कुराको तनावसंगै दु’र्व्यसनी बनेका बेबारिसे लास व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत रिहाव सेन्टरबाट निस्किए, गरे यस्तो कमिटमेन्ट (भिडियो)

विभिन्न कुराको तनावसंगै दु’र्व्यसनी बनेका बेबारिसे लास व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत रिहाव सेन्टरबाट निस्किए, गरे यस्तो कमिटमेन्ट (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो समय विभिन्न कुराको तनावसंगै दु’र्व्यसनी बनेका बेबारिसे लासको व्यवस्थापन गर्दै आएका चर्चित समाजसेवी बिनयजंग बस्नेत अन्तत रिहाव सेन्टरबाट बाहिरीएका छन ।

उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिदै गएपछि उनका सहकर्मीहरुले नै ललितपुरको भैसेपाटीस्थित क्लियर भिजन रिहाब सेन्टर पुर्याएका थिए।

करिब दुई हप्ता लामो रिहाव सेन्टरको बसाई पछी स्वास्थ्यमा निक्कै सुधार आएपछि बस्नेत आफ्नो कर्म तर्फ फर्किएका हुन् । रिहाव सेन्टरबाट निस्किदै गर्दा उनले भने – ‘विगत ८-९ वर्ष अगाडी जस्तै दुर्व्यसनीमा फस्न गएर फेरी पनि आफुले दोस्रो पटक नया जीवन पाएको छु ।’

यस बीच आफ्ना शुभचिन्तकको चित्त दुखाएकोमा विनायजंगले माफी समेत मागेका छन । उनलाई रिहाव सेन्टर मै भेटेर स्वागत गर्न केहि सहकर्मी र शुभचिन्तक पुगेका थिए । उहासंग गरिएको कुराकानी हेर्नुहोस ।