घाँस काट्न हिडेका विन्दु दुई दिनदेखि बेपत्ताः साइकल फेला

घाँस काट्न हिडेका विन्दु दुई दिनदेखि बेपत्ताः साइकल फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उहाँको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताउनुभयो । “खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ ।” उहाँले भन्नुभयो,“महिलाको खोजी भइरहेको छ महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा हुनुहुन्छ ।