अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेकामा चिन्ता व्यक्त

अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेकामा चिन्ता व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनुपर्ने बताउनुभएको छ । जसपाद्वारा टीकापुरमा भएको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यो विघटन संविधान र लोकतान्त्रिक गणतन्त्रको विघटन भएको तर्क गर्दै यसबाट तानाशाही प्रवृत्ति निम्तिने ठोकुवा गर्नुभयो ।

जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्ने विश्वास व्यक्त गर्दै डा भट्टराईले विघटनसँगै अन्तरराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको भनी चिन्ता व्यक्त गर्नुभयो ।