भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिता

भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको हेटौँडमा जारी भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज विभिन्न चार खेल भएका छन् ।

नकआउट चरणको पहिलो खेलमा बगरभाइ खलक पोखरा विजयी भएको छ । हाम्रो वीरगञ्ज भेट्रान्ससँग भएको खेलमा बगरभाइ खलक पोखरा विजयी भएको हो । खेलको निर्धारित समयसम्म दुवै समूहबाट १–१ गोलको बराबरी भएको थियो । खेलमा हाम्रो वीरगञ्ज भेट्रान्सको मनोज चौधरी र बगरभाइ खलक पोखराको मनोज गुरुङले एक÷एक गोल गरेका थिए । ट्राइब्रकेरमा भएको खेलमा बगरभाई खलक पोखरा ३–२ गोलअन्तरले बिजयी भएको हो ।

यसैगरी आजको दोस्रो खेलमा हेटौँडा भेट्रान्स सुपर विजयी भएको छ । खेलको निर्धारित समयसम्म दुवै समूहबाट एक गोल पनि हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा सिमरा भेट्रान्सलाई ४–३ गोलअन्तरले हराउँदै हेटौँडा भेट्रान्स सुपर विजयी भएको हो ।

आजैबाट क्वाटर फाइनलका खेल पनि शुरु गरिएको हो । आज भएको पहिलो क्वाटरफाइन खेलमा चाबहिल भेट्रान्स विजयी भएको छ । बौद्ध भेट्रान्स र चाबहिल भेट्रान्सबीच भएको खेलमा चाबहिलले १–० गोलअन्तरमा जित आफ्नो पोल्टामा पारेको हो । चाबहिललाई जित दिलाउन सरोज थापाले गरेको एक गोल नै निर्णायक बन्यो ।

त्यस्तै, क्वाटर फाइनलको दोस्रो खेलमा सानो गौचरण काठमाडौँ विजयी भएको छ । भनिमण्डल भेट्रान्सलाई १–० गोलअन्तरले हराउँदै सानो गौचरण विजयी भएको हो । सानो गौचरणको लागि नरेश श्रेष्ठले गरेको एक गोल नै विजयी गोल बनेको हो । नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको आगामी माघ १० गते फाइनल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाणपत्र, शिल्ड र नगद प्राप्त गर्नेछ । प्रतियोगिताका विजेताले रु एक लाख एक हजार १११ र उपविजेताले रु ५१ हजार १११ प्राप्त गर्नेछन् ।