तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले रु ४५ लाख ९८ हजार ८०० प्राप्त गरेका छन् । अनुदानलाई साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो । सहकारीले उपलब्ध गराएको आव २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० दुग्ध उत्पादक सहकारीमा आबद्ध तीन हजार २५५ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

मङ्गलबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आवमा पनि यहीँ नीतिअनुरुप झण्डै रु ३७ लाख किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो ।यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले रु नौ लाख २६ हजार ८५२ प्राप्त गरेको छ । वडा नं १४ कै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले रु पाँच लाख २० हजार ५४, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले रु चार लाख ७० हजार ५२७, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले रु चार लाख २७ हजार ५५७ प्राप्त गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै रु आठ लाख बढी अनुदान रकम प्राप्त गरेका छन् । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुने भएको छ ।दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहका किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताउनुभयो ।