भाईरल हेमराज भुजेलले पशुपति पुगेर मान्छे देखि बाँदरलाई गरे सहयोग, मन्दिर अघि यति धेरै हँसाए, साथै मिठो गीत पनि गाए (भिडियो हेर्नुहोस)

भाईरल हेमराज भुजेलले पशुपति पुगेर मान्छे देखि बाँदरलाई गरे सहयोग, मन्दिर अघि यति धेरै हँसाए, साथै मिठो गीत पनि गाए (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ जिल्ला बन्दीपुर गाउपालिका – २ स्थित आरथुम्का मा बसोबास गर्दै आयका हेमराज भुजेल सुस्त मनस्थितिका भए पनि निक्कै ज्ञानी छन । झट्ट हेर्दा उनि अलिकति केटा केटि कै व्यबहार का छन् तर घरमा भएका बुढा बाउ आमाको साहारा हेमाराजनै हुन्।

आजकाल हेमराज धेरै युट्युबरको क्यामेरामा कैद हुने गर्दछन । आफ्नो पिडालाई बिर्सेर भए पनि उनि सबैको अगाडि हासेर रमाइलो गर्दै हिड्छन। उनको त्यहि बानि धेरैले रुचाएका छन् । उनको भिडियो हेर्ने धेरैले उनलाई आर्थिक सहयोग गर्दै आएका छन ।

उनि जति सोझा छन् उनको गित गाउने शैली पनि उत्तिकै रोचक छ । उनले गित मात्र गाउदैनन मादलको ताल पनि आफ्नै मुखबाट दुरुस्तै निकाल्छन । सुस्त मनस्थितिका भएपनि उनले गितको भाका र शव्द भने सर्लक्कै टिप्न सक्ने खुबीका छन ।

त्यति मात्र हैन उनि सामान्य मानिस झैँ ठट्टा समेत गर्न माहिर रहेछन । उनले क्यामेरामा अभिनय गर्न भनेपछि आफ्नो श्रीमतीलाई फोन कल गरेको निक्कै राम्रो अभिनय गरेर मनोरंजन दिलाएका छन ।

उनै हेमराज देशको राजधानी काठमाडौँ शहर आइपुगेका छन । उपचारको सिलसिलामा काठमाडौँ आइपुगेका उनले काठमाडौँको विभिन्न स्थानमा घुम्दैछन । यसै बीच उनि प्रसिद्द धार्मिकस्थल पशुपतिनाथ पुगेका छन । हेमराज भुजेलले पशुपति पुगेर मान्छेदेखि बाँदरलाई सहयोग पनि गरेका छन ।

मन्दिरअघि यतिधेरै हँसाए अनि सदा झैँ मिठो गीत पनि गाए। भिडियो हेर्नुहोस ।