काममा जान्छु भनेर भागेका श्रीमान कता गए, आमा छोरीको बिचल्ली, मानव सेवाले गर्यो उद्दार (भिडियो)

काममा जान्छु भनेर भागेका श्रीमान कता गए, आमा छोरीको बिचल्ली, मानव सेवाले गर्यो उद्दार (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की जिल्ला प्रहरी कार्यालयको आडैबाट एकजना महिला र उनको सानो नानीको उद्दार गरिएको छ।

पोखरा महानगरपालिका वार्ड न ५ धारापानीमा बस्दै आएकी महिलालाई र काखमा एउटा छोरी रहेको अवस्थामा अलपत्र रहेको भन्ने खबर प्राप्त हुनसाथ पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रम र स्थानिएको पहलमा आमा छोरीको उद्दार गरिएको छ।

उद्दार पश्चात हामीले उनी संग केहि कुरा गर्ने प्रयास गरेका छौ । उनका अनुसार उनको श्रीमानको नाम दिलिप अधिकारी जैसी हो। महिलाको घर दैलेख हो भने उनी कामको सिलसिलामा गोरर्खा आईपुगेकी थिइन्। ज्यामी काम गर्दै आएकी महिला र उनको श्रीमान् को त्यही काम गर्दै जादा माया पिरती बस्यो। एकले अर्कोलाई साथ् दिदै हासी खुशी जिवान जिउने बाचाका साथ् उनीहरु बिवाहा बन्धनमा गासिए। कामको सिलसिलामा बिवाह भएपछी आज भन्दा १ वर्ष अगाडी श्रीमान् श्रीमती पोखरा आईपुगे। बिस्तारै उनीहरुले आफ्नो सन्तानको रुपमा नानीलाई जन्म दिए। जीवन राम्रै बित्दै थियो। एकदिनको कुरा हो लक्डाउन हुन् भन्दा अगाडी उनका श्रीमान् काममा जान्छु बुढी भन्दै खाना लिएर निस्केका थिए। उनले आफ़्नाबुधा बेलुका आउने आशामा बसेकी थिइन्। तर त्यो दिन बाट श्रीमान् नै गाएब छन।

आफुहरुको बाहुन र मगर बिचको प्रेम बिवाह भएको हुनाले बुढाले उनलाई आफ्नो घरमा पनि लागेका थिएनन। काम गर्दै जादा माया बस्यो बिवाह भयो र छोरी पनि जन्माए तर एकासी श्रीमान् कता गए भन्ने कुरा अझै पनि अन्योल रहेको छ। पिडित महिलाका अनुसार पहिला पनि केहि महिना उनका श्रीमान् हराएका थिए र पछि एक्पाली आएका थिए। कतै उनको अर्कै श्रीमती त् छैन ? वा उनले पहिले बिवाह गरेर पिडित महिलालाई कान्छीको रुपमा पोखरा पो राखे कि ? यो कुरा अन्योल रहेको छ।

काखमा रहेकी सानी छोरीको जन्मदर्ता पनि भएको छैन। पिडित महिला भन्छिन भोलि उनले मेरो बुवा खै भन्दा मैले के जवाफ दिनु।? उनले सानी छोरीको मुख हेरेर भएपनि छोरीको लागि एक्पाली सम्पर्कमा आउँन आफ्ना बुढालाई अनुरोध गरीकी छिन।

सबैजानाले यो समाचार शेयर गरेर यो सानो नानीको न्यायको लागि उनका बुवा कता हराएका छन वा लुकेका छन उनलाई सम्पर्कमा ल्याउन सहयोग गरिदिनुहुन अनुरोध गर्न चाहान्छौ। समस्याको समाधान भागेर हैन वार्ता बाट समाधान हुने र सानो नानीले पनि न्याए पाउने भएकाले उनका बुवा लाई खोज्न सबै एकजुट हुन् जरुरी रहेको छ।

यतिबेला उनका आमा छोरीलाई पोखराको छोरेपाटनको मानव सेवा आश्रममा राखिएको छ। मानसिक सन्तुलन कम भएकी महिलाको पछिल्लो समय उपचार पछि उनको स्वास्थ्य सामान्य बन्दै गएको मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले जानकारी दिनुभएको छ। यस्तै उनका श्रीमान् भेटिएमा पारिवारिक मिलन गराउने प्रतिबद्ता समेत संस्थाका कास्कीका संयोजक सापकोटाले बताउनुभएको छ।

हेर्नुहोस उनकै मुखबाट सुन्नुहोस आखिर के हो बास्तविकता ? कसरी भयो उनको यस्तो हाल ।