केही दिन अगाडिदेखि छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो ।
गाउमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने ।
सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आ’त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।
बिचरा! परिवार पाल्न ज्याला मजदुरी गर्ने गरेको समेत बताए । निकै भावुक बनेका झाक्री कृष्णले उनको जन्मदेखी अहिलेसम्मकै सम्पुर्ण नालीबेली बताउदा सबैका आँखा रसायो । उनले आफ्ना गुरु बनझाक्रीले आफुलाइ सानैमा जङ्गलमा लगेर झाक्री बनाउदाको सम्पुर्ण कुराहरु खुलाउदा सबै चकित बनेका छन ।
प्रतिक्रिया