आगामी निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्नेहरुलाई गेठान लगाउनु पर्छ: प्रधानमन्त्री ओली

आगामी निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्नेहरुलाई गेठान लगाउनु पर्छ: प्रधानमन्त्री ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,११ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधीको संज्ञा दिएका छन् ।

आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका छन् , ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् । जो कराई रहेका छन् ।

स्थिरता, स्थायित्व हुन् नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र स्थिरताको नाटक गर्ने संसदमा पाचै बर्ष जागिर खान पाउनु पर्ने तर्क गर्न मिल्दैन । संसद जागिर होइन सेवा हो । स्थिरतालाई भात्काएर अस्थिरता ल्याउन खोजेपछि स्थिरताको लागि ताजा जनादेशमा जानु परेको प्रम ओलीले बताए ।

‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जनताको फैसला,तपाईहरुको बिचमा तपाईहरु फैसला गर्नुस भन्दा म कसरी तानाशाह भएँ ?’ मैले त फैसला गरेको छैन थप उनले भने,जालझेल गरेर किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।

आगामी बैशाख १७ गते र २७ गते हुने निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्नेहरुलाई गेठान लगाउनु पर्छ ।