कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुँदै

कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुने भएको छ । जुम्ला, मुगु र कालीकोट सो खानेपानी आयोजना सरकारले अघि बढाएको छ । सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले धौलीघाट खानेपानी, कालीकोटको चुलिमालिका खानेपानी आयोजना र मुगु सोरुकोट बृहत खानेपानीबाट यहाँका ८३ हजार जनसङ्ख्या लाभ हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख महेश न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कालीकोट र मुगुको आयोजना ठेक्का प्रक्रिया भई कामको सम्झौता भइसकेको छ ।” जुम्लाको धौलीघाट खानेपानी आयोजना पनि ठेक्काको तयारीमा रहेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । कालीकोटको चुलिमालिका खानेपानी आयोजनाको ठेक्का सम्झौता भइसकेको छ ।

धौलीघाट ठेक्का प्रक्रियामा

कर्णाली प्रदेशमा बृहत आयोजना मानिने जुम्लाको धौलीघाट खानेपानी आयोजनाको ठेक्का प्रक्रियामा रहेको छ । सरकारले रु दुई अर्ब २५ करोड बजेट यसअघि नै विनियोजन गरे पनि स्थानीयस्तरमा एक प्रतिशत बजेट जम्मा गर्न नसकेपछि लामो समय लागेको र सो परियोजना एक दशकपछि अघि बढ्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका, तातोपानी र गुठिचौर गाउँपालिकाका करिब ५८ हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले जनाएको छ ।

सो योजनाका लागि तातोपानी गाउँपालिकाले गुठिचौर गाउँपालिकाले बजेट विनियोजन गरिसकेको छ । चन्दननाथ नगरपालिका विनियोजन गर्ने तयारीमा छ । कार्यालयको आयोजनामा लाभान्वित तीन स्थानीय सरकारसहित कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नागरिक समाज अध्यक्ष राजबहादुर महतसहित सरोकारवाला निकायको बैठकले स्थानीय तहले एक हप्ताभित्रै एक प्रतिशत बजेट जम्मा गर्ने र ठेक्कामा जाने प्रक्रिया भएको कार्यालयले जनाएको छ ।

घट्यो विद्युत्भार कटौती

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले दैनिक विद्युत्भार कटौती समय तालिका घटाएको छ । प्राधिकरणले जुम्लामा दैनिक साढे सात घन्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका सार्वजनिक गरेको हो । राष्ट्रिय प्रसारण ग्रिडलाइन नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको कार्यालय प्रमुख गौरव पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय प्रशारण लाइन नपुग्दै स्थापना भएको कार्यालयले विसं २०३९ मा जुम्लाको घुघुत्ति खोलाबाट निकालिएको बिजुलीको विद्युत्गृ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले दुई वटा मेसिन ११०/११० किलोवाट जडित क्षमता भएका दुई युनिट रहेको लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेको छ । पछिल्लो समय भारतीय दूतावासको सहयोगमा फेरिएका नयाँ मेसिन बिग्रेपछि मङ्सिर र पुसमा विद्युत् आपूर्ति बन्द भएको जुम्लामा अहिले दुवै मेसिन बनेर सञ्चालनमा आएपछि पहिलेभन्दा केही राहात भएको छ । पानीको अहिले अभाव भएकाले पानी बढेमा थप व्यवस्थित गर्न सकिने विद्युत्ले जनाएको छ ।

बढ्दो माग र पानीको अभाव तथा हाल जुम्लाबाटै उत्पादित सो घुघुत्तिबाट सञ्चालनमा ल्याइएको बत्ती दुवै मेसिन बन्द भएपछि डिजेलबाट तीन दिनको दुई घण्टासमेत दिने गरिएको थियो । उपभोक्ताको अधिकारअनुसार दैनिक रूपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्रमुख पाण्डेले दाबी गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको भने ३३ केभी लाइन दैलेख हुँदै जुम्ला पु¥याउने लक्ष्यअनुसार निर्माणाधीन विद्युत् वितरण केन्द्र जुम्लाले जनाएको छ । रासस