ब.ला.त्कार गरी फरार अभियोगमा तजले पक्राउ

ब.ला.त्कार गरी फरार अभियोगमा तजले पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई ब.ला.त्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ब.ला.त्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

गत १४ गते दिउँसो किशोरीकै कोठामा पसेर डर, धम्की दिई ब.ला.त्कार गरी फरार रहेको भन्दै किशोरीले गत १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो ।