दाहाल र नेपाल आँफै बन्दको अवज्ञा गर्दै गाडी र स्कुटरमा चढेर सडकमा निस्किएपछि…!

दाहाल र नेपाल आँफै बन्दको अवज्ञा गर्दै गाडी र स्कुटरमा चढेर सडकमा निस्किएपछि…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रचण्ड- नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ।

बिहिबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधनबाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन्।

छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधन सञ्चालन भएका छन्। चारपाङग्रे सवारी साधनभन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन्। खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन्। बन्द आव्हानकर्ताले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन्।

बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन्। नेता पुष्पकमल दाहाल पुल्चोकमा पुगेर आन्दोलनमा सहभागी भएका थिए भने अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गरेर फर्किएका छन्।

देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैंले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए। गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसेर चाउचाउ र चिउरा लिएका थिए।

त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेल तर्फ लागे। गाडी चढेर कार्यक्रमस्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए। उनीसँगै नेतृ पम्फा भुसाललगायतका नेता कार्यकर्ता सहभागी थिए।

बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गरेका थिए।