मिर्गौला पीडित तामाङको उपचारार्थ रु १६ लाख सङ्कलन

मिर्गौला पीडित तामाङको उपचारार्थ रु १६ लाख सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २२ माघ । तनहुँको व्यास नगरपालिका–१ निवासी मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि रु १६ लाख १० हजार छ सङ्कलन भएको छ । सोही वडामा रहेको नवयुवा क्लबको नेतृत्वमा आशमायाको उपचारका लागि उक्त रकम सङ्कलन भएको हो ।

आशमाया बचाउ अभियान गठन गरी रकम सङ्कलन अभियान थालिएकामा हालसम्म उक्त रकम सङ्कलन भएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो । त्यसमध्ये केही रकम उठ्न बाँकी रहेको तामाङले बताउनुभयो ।

तामाङका अनुसार जिल्लाभित्र रहेका र देश तथा विदेशमा रहेका नेपालीले आशमायाको उपचारका लागि सहयोग गरेका छन् । क्लवका अघ्यक्ष तामाङले प्रत्येक सहयोगदाताको विवरण फेसबुकमार्फत सार्वजनिक गर्दै आउनुभएको छ । सङ्कलित रकम छिट्टै पत्रकार सम्मेलन आयोजना गरी पीडितलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । मिर्गौला पीडितको काठमाडौँस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । -रासस