घुस लिएको अभियोगमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दाएर

घुस लिएको अभियोगमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दाएर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग प्रहरी हवल्दार भण्डारीमािथ लागेको छ । आयोगले केही दिन पहिले भण्डारीलाई घुससहित पक्राउ गरेको थियो । आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो ।

यस्तै आयोगले सप्तरी नापी कार्यालयमा कार्यरत निमित्त कार्यालय प्रमुख हरिचन्द्रर ठाकुरलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ । जग्गाको कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी अरुणुकमार यादवमार्फत ठाकुरले घुस मागेको आयोगको आरोप छ ।

आयोगको इटहरीबाट गएको टोलीले ठाकुरलाई नापी कार्यालयसँगैको चियाखाजा पसलबाट आज पक्राउ गरेको हो । आरोपीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । -रासस