काठमाडौं, २३ माघ । प्रतिनिधिसभा विघटनको नागरिक समाजले विरोध जनाएको छ । बृहत् नागरिक आन्दोलनले आज प्रतिनिधिसभा विघटनको विरोधमा लैनचौरदेखि शीतल निवाससम्म प्रदर्शन गरेको हो ।
कार्यक्रममा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सरकारले गरेको संसद् विघटनलाई अदालतले सदर गरेको खण्डमा आगामी दिनमा बन्ने कुनै पनि संसद्को आयु पाँच वर्षको नहुने बताउनुभयो । राजनीतिक विश्लेषक कृष्ण खनालले संविधानको रक्षाका लागि नागरिक समाज सडकमा आउनुपरेको बताउनुभयो । सो अवसरमा प्रतिनिधिसभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । -रासस
प्रतिक्रिया