काठमाडौं, २४ माघ । शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा प्रधानमन्त्रीसमेत रहेंका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष खड्ग प्रसाद ओलीले मञ्चबाटै आँशु पुछे । उनका प्रेस सल्लाकार सूर्य थापाका अनुसार त्याहाँ उपस्थित जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् ।
प्रधानमन्त्रीले भाषण गर्दैगर्दा उनको समर्थनमा सहभागीहरुले केहीबेर हुटिङ गरेका थिए । हुटिङलाई हात हल्लाएर समर्थन जनाएका प्रधानमन्त्रीले पानी पिए । त्यसपछि कालो चश्मा खोलेर आँशु पुछे । प्रधानमन्त्री ओलीले चिसोका कारण आँशु आएको बताएका छन् । आँशु पुछ्नुअघि उनले माइकबाट सुनिने गरी भनेका थिए, ‘चिसोले आँखामा नि आँशु आयो ।’
तर प्रधानमन्त्रीकै प्रेस सल्लाहकार थापाले टि्वटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया ।
प्रतिक्रिया