प्रयोगको अनुमति नदिइएको पाँच लाख डोज कोरोना भ्याक्सिन चीनले नेपाललाई अनुदानमा दिने

प्रयोगको अनुमति नदिइएको पाँच लाख डोज कोरोना भ्याक्सिन चीनले नेपाललाई अनुदानमा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । चीन सरकारले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ । नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीन सरकारले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने भएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो । परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो ।

कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रीनिकट स्रोतले बतायो ।

यद्यपी अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन । चिनियाँ भ्याक्सिनलाई अनुमति दिनेबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।