निर्वाचनले राजनीतिक स्थायित्व ल्याउने पूर्वमन्त्री सञ्चारमंत्री बाँस्कोटाको भनाइ

निर्वाचनले राजनीतिक स्थायित्व ल्याउने पूर्वमन्त्री सञ्चारमंत्री बाँस्कोटाको भनाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताउनुभएको छ । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताउनुभयो । “विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले थप्नुभयो ।

उहाँले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप लगाउनुभयो ।

कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताउनुभयो । सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठनको तदर्थ समिति घोषणा गरिएको थियो । -रासस