बैतडी का’ण्डका बारेमा प्रचण्ड-माधव समुहले बिज्ञप्ति जारी गर्दै भने – निर्मला पन्त प्रकरणमा जस्तो नहोस्

बैतडी का’ण्डका बारेमा प्रचण्ड-माधव समुहले बिज्ञप्ति जारी गर्दै भने – निर्मला पन्त प्रकरणमा जस्तो नहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको घ’टनामा संलग्नलाई प’क्राउ गरी का’र’बाही गर्न माग गरेको छ ।

अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै उक्त घ’टनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पा’श’विक र अमानवीय कु’कृ’त्यको हामी घोर भत्र्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको ब’ला’त्कारपछि हत्या भएको घ’टनाका दो’षीहरु प’क्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित भएको प्रचण्ड-माधव समूहले बताएको छ ।

अध्यक्षद्धयले भनेका छन्, ‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारससँग आग्रह गर्दै घ’टनाको सत्यतथ्य सार्वनजिक गरी दोषीमाथि कडा का’र’बाही गर्न माग गर्दैछौं ।’