नागरिक समाजका अगुवा डा. दिक्षित भन्छन् – संकटकाल लगाएर भएपनि ओली चुनावमा जान्छन्

नागरिक समाजका अगुवा डा. दिक्षित भन्छन् – संकटकाल लगाएर भएपनि ओली चुनावमा जान्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार (आज) काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने, ‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं ।

देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के हुन्छ ? भन्नेपनि थाहा छैन् । यो अन्यौलग्रस्त र डरलाग्दो स्थिति हो । हामी जनताले धोकामात्रै पायौं । नेकपाका नेताहरुले ठूलो पाप गरे । केही काम गरेनन् ।’

डा. दिक्षितले आफूहरु जनताले नेकपा नेताहरुको पदीय भागबण्डा र लोभका कारण धोका पाएको भएपनि प्रचण्डको ग्रुपले चाहीँ ओली नमरिदिएकोले धोका पाएको भन्दै कडा टिप्पणी गरे ।

उनले भने, ‘नेकपाले सरकार गठन गरेको दिनदेखि, त्यो भन्दा अलिक अगाडि दिनदेखि नै यीनीहरुबीच यत्रो झैझगडा भएको रहेछ, मुलुकको त वास्ता रहेनछ उनीहरुलाई, उनीहरु त कसले प्रधानमन्त्री पड्काउने ? कहिले पड्काउने ? अढाई वर्ष पड्काउने कि अहिले पड्काउने ?

अथवा गिद्धजस्तो भएर कुन बेला ओली मर्ला भनेर बसेका रहेछन् । अब अनफर्चुनेट्ली, ओली मरिदिएनन्, ओलीजी त मरिदिनुभएन, उहाँ त झन अहिले तन्दुरुस्त, हिजो देखिहाल्नुभयो उहाँ तन्दुरुस्त हुनुहुन्छ, त्यसैले यीनले धोका खाए, हामीले त धोका खायौं, खायौं, तर विचरा प्रचण्ड ग्रुपले पनि धोका खाएकै हुन्, किनभने हामीले धोका खायौं, यीनको बेईमानीबाट, प्रचण्डले धोका खाए ओली नमरिदिएकोले ।’

उनले अहिलेपनि नेपाल कोरोनाको जोखिममा रहेको अवस्था सुनाए । तर, नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम नेताहरुले गरिराखेको उनको गुनासो छ । उनले भने, ‘आफू प्रधानमन्त्री बन्नको लागि जनता मार्ने ? दिनहुँ आन्दोलन भएका छन्, खोई मास्क ? नेताहरु त स्वार्थी र लोभी रहेछन् ।’

उनले ओली र प्रचण्ड भित्रभित्र का’टा’का’टको अवस्था रहेको तर बाहिर देखाउँदा मिलेको जस्तो गरेर नाटक गरेको पनि आरोप लगाए । त्यस्तै, ओली र माधव नेपालबीच पनि काटाकाटकै अवस्था रहेको पनि उनले सुनाए ।