नेकपा निकट पेशागत महासङ्घमा थापा

नेकपा निकट पेशागत महासङ्घमा थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पेशागत महासङ्घ नेपाल (कोनेप) को राष्ट्रिय भेलाले शिक्षक नेता बाबुराम थापाका संयोजकत्वमा केन्द्रीय कमिटी पुनःगठन गरेको छ । महासङ्घका संयोजक विश्वनाथ प्याकु¥याललाई जिम्मेवारी मुक्त गर्दै भेलाले नेपाल शिक्षक महाङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य थापालाई चयन गरेको हो । भेलाले सहसंयोजकमा दयाराम बस्याललाई चयन गरेको छ भने केन्द्रीय सदस्य सङ्ख्या विस्तार गरी २७५ बनाएको छ ।

विभिन्न २३ घटक संस्था र ६२ जिल्ला कमिटी रहेको महासङ्घका काठमाडौँ उपत्यका प्रदेशसहित आठ प्रदेशका नेतृत्व पनि हेरफेर भएकाले अब आफूहरु गतिशीलताका साथ अघि बढ्ने संयोजक थापाले जानकारी दिनुभयो । भेलाको शनिबार नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो । -रासस