नेकपा विभाजन हुनुमा नारायणकाजी श्रेष्ठको प्रमुख भूमिका छ : लेखराज भट्ट

नेकपा विभाजन हुनुमा नारायणकाजी श्रेष्ठको प्रमुख भूमिका छ : लेखराज भट्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २६ माघ । नेकपा ओली समूहका नेता लेखराज भट्टले मदन भण्डारीको ह’त्यामा जोडिएका अमर लामाको मृ’त्युबारे धेरै रहस्य रहेको बताएका छन् ।

ओली निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले दरबार ह’त्या’का’ण्डको प्रतिवेदन जस्तै अमर लामा मा’रिएको प्रतिवेदन पनि सार्वजनिक नभएको बताए ।

‘मदन भण्डारीको ह’त्यामा कहिँ न कहिँ षड्यन्त्रमा केपी ओलीको छ भनेर बाहिर हल्ला फिजाइएको थियो । पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ’, उनले भने ।

भट्टले मदन भण्डारी ह’त्यासँग जोडिएका अमर लामाको मृ’त्यु पनि रहस्यमय रहेको बताए । ‘अमर लामाको चाहिँ ह’त्या कसरी भयो ? त्यसमा खासै कुरा बाहिर आएको छैन । मदन भण्डारीसँगै भएको जिवित मान्छे अमर लामा थिए । पछि उनलाई हाम्रै माओवादी साथीहरुले समाते । भाग्न खोज्दा म’र्‍यो भनेको छ । मा’रियो । तर, यथार्थ के हो अहिले पनि आएको छैन’, उनले भने ।

पार्टी विभाजनमा ओली नभएर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको दोष रहेको बताउँदै भट्टले मदन भण्डारी ह’त्या प्रसंग निकालेका थिए ।

भट्टले नेकपा विभाजन हुनुमा नारायणकाजी श्रेष्ठको मूख्य भूमिका रहेको पनि आ’रोप लगाए । ‘अहिले जुन फुट पैदा भएको छ । सकुनी भनेपनि हुन्छ, नारायणकाजीको महत्वपूर्ण भूमिका छ । उनी यस्तो खेलमा निकै पारखी छन्’, भट्टले भने ।