पूर्वसांसद जोशीको हृ’द’या’घा’तका कारण नि’धन

पूर्वसांसद जोशीको हृ’द’या’घा’तका कारण नि’धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृ’द’या’घा’तका कारण ८४ वर्षका उमेरमा नि’धन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै नि’धन भएको हो ।

“नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृ’द’या’घा’त भयो”, कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भन्नुभयो, “उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।”

उहाँको श’व महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दा’ह’सं’स्कार गरिने जोशीले बताउनुभयो । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहनुभएको बुझिएको छ ।