माधव नेपालले ओलीलाई किन भने ह’त्या’रा ? यस्तो छ कारण (पूरा पढ्नुहोस्)

माधव नेपालले ओलीलाई किन भने ह’त्या’रा ? यस्तो छ कारण (पूरा पढ्नुहोस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधव नेपाल माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्रको ह’त्या गर्ने ह’त्या’राको संज्ञा दिएका छन् । बुधबार (प्रचण्ड–नेपाल) समूहले राजधानीमा गरेको विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई यस्तो आ’रोप लगाएका हुन्।

नेता नेपालले ओलीको शासनकालमा अहिलेसम्म ७ हजार १ सय ७० चेली ब’ला’त्कृत भएको दाबी गर्दै उनीहरुको आत्माले समेत ओलीलाई धिक्कारी रहेको बताए ।

‘ओलीको शासनकालमा अहिलेसम्म सात हजार एक सय ७० चेली ब’ला’त्कृत भएका छन्। उनीहरुले ओलीलाई प्रश्न गरिरहका होलान्, ए ओली तिमीले कति जनालाई सजाय दिएका छौ? कतिजना अपराधीलाई जे’लमा कोचेका छौ, तिम्रो असंवेदनशीलतालाई देख्दा हामीलाई लाज लागिरहेको छ। तिमीजस्ता मान्छे नेपाली आमाले जन्माइन्, त्यो पार्टीले तिमीलाई त्यहाँ पुर्यायो, आज त्यो पार्टी पनि सक्यौ । लोकतन्त्र पनि सक्यौ ,’ उनले भने।

नेपालले आफूहरुको पक्षमा व्यापक जनमत भएपनि ओलीले बुझ्न नसकेको आरोप लगाए। ‘तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ, त्यो नाम बिर्सिनु भयो। अब पुशपतिनाथको नाम जप्न थाल्नु भएको छ। जो मानिस, असल छ, धर्म गर्नेलाई मात्र पशुपतिनाथले पनि माया गर्नेछन्। पापीलाई माया गर्दैनन्,’ उनले भने।