एक किलो नक्कली सुन दिएर ५५ लाख ठ’गी गर्ने ६ जना प’क्राउ

एक किलो नक्कली सुन दिएर ५५ लाख ठ’गी गर्ने ६ जना प’क्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गर्ने ६ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं माछापोखरी बस्ने ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोट घर भई तार्केश्वर शान्तिटोल बस्ने ४५ वर्षीय ऋषमान घले, ३५ वर्षीय जित भन्ने मेख तामाङ, झापाका ५३ वर्षीय पप्पु भन्ने अभयकुमार चौधरी, २० वर्षीय चन्द्र भन्ने जेरी तामाङ र २६ वर्षीय राज तामाङ छन्।

उनीहरूबाट प्रहरीले दुई वटा मोटरसाइकल, ९ लाख ५० हजार र पाँच वटा मोबाइल बरामद गरेको छ। उनीहरुले काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई सुनजस्तो देखिने एक किलो पहेंलो धातु सुन भन्दै ५५ लाख रुपैयाँ ठगी गरेका थिए । ठगी गरेको भन्दै ती व्यक्तिले सोमबार महाशाखामा उजुरी दिएका थिए।