काठमाडौं, २८ माघ । मंगलबार ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक आज साताको चौथो दिन बुधबार ८ दशमलव ६६ अंकले उकालो लागेको छ । फाइनान्स कम्पनी तथा बैंकिङ समूहको परिसूचक वृद्धि हुँदा समग्रमा नेप्से परिसूचक पनि ८ दशमलव ६६ अंकले बढेर २ हजार ५ सय ४३ दशमलव ०३ अंकमा पुगको हो ।
६२ हजार १५ कारोबारबाट बुधबार १ सय ९१ कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर किनबेच पछि कारोबार रकम ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३ सय ९८ रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा धेरै फाइनान्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यो समूहको सब इन्डेक्स ३ दशमलव २७ प्रतिशतले बढेको छ ।
बैंकिङ समूह् पनि १.५० प्रतिशतले बढेको छ भने होटल समूह २.१४ प्रतिशतले बढेको छ । यस्तै निर्जिवन बिमा समूह पनि ०.४७ प्रतिशतले बढ्दा व्यापार समूह भने सबैभन्दा धेरै ३.२१ प्रतिशतले ओरालो लागेको छ ।
त्यस्तै, उत्पादनमूूलक समूह १.१५ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स १ प्रतिशत र जीवन बिमा समूह ०.६२ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया