जिम्मेवार व्यक्ति जवाफदेही बन्नुपर्ने प्रदेश प्रमुख प्यासीको भनाइ

जिम्मेवार व्यक्ति जवाफदेही बन्नुपर्ने प्रदेश प्रमुख प्यासीको भनाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २८ माघ । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जिम्मेवार व्यक्ति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभएको छ । सुनसरीको इटहरीमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले ३०औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा उहाँले जिम्मेवार व्यक्तिले जवाफदेही भए खण्डमा विद्यमान समस्या कम हुँदै जाने बताउनुभयो ।

जिम्मेवारी लिन रस्साकस्सी गर्ने र जवाफदेही बन्ने ठाउँमा लुक्ने प्रवृत्ति बढेका कारण अनियमितता तथा भ्रष्टाचार बढेको तर्क गर्नुभयो । अख्तियार भन्ने बित्तिकै दुई खालका व्यक्तिहरू तर्सिने गरेको उल्लेख गर्दै प्रदेश प्रमुख प्यासीले भन्नुभयो, “अख्तियारदेखि बुझेका व्यक्ति र अर्को नबुझेको व्यक्ति तर्सिने गरेका छन् ।” उहाँले सबै जिम्मेवार व्यक्तिले अख्तियारको दुरुपयोग नगरिदिएको खण्डमा अनुसन्धान पनि गर्नु नपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णाकुमारी विश्वकर्मा, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, इटहरी उपमहानरपालिकाका प्रमुख द्ववारीकलाल चौधरी, सुनसरीका प्रमुख जिल्ला अधिकरी फणिन्द्रमणि पोखरेल, कोशी गाउँपालिकाका प्रमुख अयुव अन्सारी, हरिनगर गाउँपालिकाका प्रमुख गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख मेहन्द्रप्रसाद यादव, विभिन्न सरकारी तथा स्थानीय निमुख तथा प्रतिनिधिले आयोगलाई सफलताको शुभकामना दिनुभएको थियो ।