दुई लाख बराबरको सुनचाँदीका गहना चो’र्ने चार युवक प’क्राउ

दुई लाख बराबरको सुनचाँदीका गहना चो’र्ने चार युवक प’क्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २८ माघ । महोत्तरी प्रहरीले डाँ’का अ’भि’योगमा चार युवक प’क्राउ गरेका छन् । प’क्राउ पर्नेमा बलवा नगरपालिका–७ बस्ने ३८ वर्षीय विक्रु महतो कोइरी, २५ वर्षीय निरेखन मण्डल, जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय जीतेन्द्र ठाकुर र महोत्तरी गाउँपालिका–३ बस्ने २० वर्षीय दिलीप मण्डल रहेको प्रहरीचौकी सीतापुर भङ्गहाले जनाएको छ ।

चारै युवकले आज बिहान १ः३० बजेतिर भङ्गहा नगरपालिकाको सिंग्याही बजारमा अवस्थित शिव ज्वेलर्समा डाँ’का हालेर भागेकोमा स्थानीयले एक जनालाई गए राति नै प’क्राउ गरेका थिए । डाँ’कापश्चात् भागिरहेका तीन जनालाई आज जिल्लाकै बनौटा गाउँबाट प’क्राउ गरिएको हो । प’क्राउ परेका चारमाथि शिव ज्वेलर्सबाट रु दुई लाख बराबरको सुनचाँदीका गहना लु’टेर भागेको आ’रोप लागेको छ । उनीहरुबाट अहिलेसम्म कुनै वस्तु बरामद नभएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । पक्राउ गरिएका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । -रासस