नक्कली राहदानी बनाई भारत पु¥याएर बिक्री

नक्कली राहदानी बनाई भारत पु¥याएर बिक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मा’नव बे’च’बि’खनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पु¥याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक रु ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिषा बनाएर पीडितबाट रु एक लाख ५० हजार र भारतीय नागरिकबाट भारु तीन लाख ५० हजार लिई बिक्री गरेको ब्यूरोका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

उक्त घटनामा भुपालमान श्रेष्ठ र रमेश खड्कालगायत व्यक्ति संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको तथा खड्का भने हाल कारागारमा रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले दुबईको होटलमा काम गर्न भारतमा थप ११ महिना वेटरको तालीम लिनुपर्छ भनी महिलालाई भारत पु¥याएका थिए । श्रेष्ठले रमेश खड्का भन्ने तुलाराम खड्काको जिम्मा लगाई भारतको नयाँदिल्ली पु¥याएको अनुसन्धानमा खुलेको छ । त्यसपछि खड्का भारतीय र अरबियन मानिसको जिम्मा लगाई भारु तीन लाख ५० हजार बुझेर नेपाल फर्किएका थिए ।

उनीहरुले भारतमा ४५ दिनसम्म बन्धक बनाई चरम शोषण गरेको र दार्जिलिङ बस्ने एक व्यक्तिको सहयोगमा भाग्न सफल भई आएर ब्यूरोमा जाहेरी दिएको पीडितकोे भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा खोजतलास गर्दा खड्का अर्कै अपराधमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेको पाइएको छ ।

उनीबाट प्राप्त सूचनाको आधारमा श्रेष्ठलाई काठमाडौँको सामखुशीबाट पक्राउ गरी अनुसन्धान थालिएको र अन्य फरार रहेकाको खोजी जारी रहेको ब्यूरोका प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा यसरी वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनको क्रम बढेको छ ।