मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य परीक्षण

मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य परीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २८ माघ । विराटनगर महानगरपालिकाले मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्न आजदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा रहने गरी स्थानीयवासीलाई निःशुल्करुपमा सेवा उपलब्ध गराउन महानगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै महानगरका प्रमुख भीम पराजुलीले यसबाट सेवाग्राही लाभान्वित हुने विचार व्यक्त गर्दै महिलालाई सुरक्षित प्रसुतीका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा, वडा नं ५ का वडाध्यक्ष मीनकुमार आचार्य, विमलराज भण्डारी, सुदर्शन भट्टराई, स्वास्थ्य निरीक्षक हैदर अली, विद्यार्थी नेता त्रिभूषण गिरीलगायतले प्रयोगशाला सञ्चालनबाट स्वास्थ्य सेवामा जनताको सहज पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो ।