डब्ल्यूएचओले भन्यो – ‘नेपालमा लगाइरहेको कोरोना खोप बढी प्रभावकारी’

डब्ल्यूएचओले भन्यो – ‘नेपालमा लगाइरहेको कोरोना खोप बढी प्रभावकारी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २९ माघ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप (कोभिशिल्ड) को प्रयोग बढाउन सिफारिस गरेको छ ।

डब्ल्यूएचओका विशेषज्ञहरुले नेपालमा लगाइएएको खोपको नकारात्मक असर अर्थात साइडइफेक्टको तुलनामा फाइदा बढी देखिएकोले यसको प्रयोग बढाउन सिफारिस गरेका हुन् । एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ ।

भारतले उक्त खोप नेपाललाई १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजीलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन् ।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ । अन्य खोपहरुमा दोस्रो डोज लगाउने अन्तर २४ दिनको राख्ने गरिएको छ । अक्सफोर्डको खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दावी गरिएको छ ।

यद्यपि, विशेषज्ञको टोलीले एस्ट्राजेनेका–अक्सफोर्डको खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध भने कम प्रभाव देखाएको बताएको छ ।