फैसलापछि फरार रहेका ७९ अ’भि’युक्त प’क्राउ

फैसलापछि फरार रहेका ७९ अ’भि’युक्त प’क्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विभिन्न अ’प’राधमा अदालतबाट कै’द स’जायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दो’षी ठहर भई का’र’वाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अ’भि’युक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म प’क्राउ गरेको हो ।

यसरी प’क्राउ पर्नेमा चो’री मु’द्दा, वन पैदावार चो’री, बहुविवाह, ला’गु’औ’षध र ज’ब’र्ज’स्ती क’रणी उद्योगका दोषी बढी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्लामा सक्रियरूपमा अदालतबाट दोषी ठहर भएका र अनुसन्धानका क्रममा भागेका फरारको खोजी भइरहेको जानकारी दिनुभयो ।

“प्रायः अ’भि’यु’क्त लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले प’क्राउ गरी धमाधम जिल्ला अदालत पेश गरिरहेको छ”, उहाँले भन्नुभयो, “अदालतबाट पनि कैद भुक्तान गर्न का’रा’गार पठाउने काम भइरहेको छ ।” पक्राउका लागि जिल्लामा सादा पोशाकमा समेत प्रहरी परिचालित छन् ।

विभिन्न घटनाका अ’भि’युक्तलाई पुर्पक्ष र कैद सजाय तोकिएका अभियुक्त बढ्न थालेपछि कञ्चनपुर कारागार भरिभराउ छ । कारागारका जेलर माया बस्नेत थापाले ३९६ कैदीबन्दी रहेको बताउनुभयो । ७० पुरुष २० महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा क्षमताभन्दा धेरै बढी रहेका छन् ।