काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । झाँक्रीले राज्यविरुद्धको अ’प’राध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै प’क्राउ गरेको थियो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने जनाउनुभएको छ । उहाँले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको टिप्पणी गर्नुभयो ।
झाँक्रीको गि’र’फ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।
राज्यविरुद्धको अ’प’राधमा नेत्री झाँक्री प’क्राउ
प्रहरीले राज्यविरुद्धको अ’प’राध गरेको आ’रोपमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई प’क्राउ गरेको छ ।
महानगरीय अ’प’राध नियन्त्रण महाशाखाको टोलीले उहाँको आफ्नै निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट प’क्राउ गरेको हो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
राज्यविरुद्धको अ’प’राधअन्तर्गत दफा ५८ को कसुरमा प’क्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उक्त दफामा राष्ट्रपति वा संसद्लाई ध’म्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा ९१० मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।
उपदफा २ मा दफा ९१० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा रु ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
पक्राउको विरोधमा उहाँका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर गर्नुभएको थियो ।
प्रतिक्रिया